
काठमाण्डु, १ मंसिर– काठमाण्डुको एउटा चल्तीको बाल अस्पतालले नाबालिकालाई चर्काे ज्वरो आएको लक्षणमा ‘ब्याक्टरल म्यानेन्जाइटिस’ भन्दै गलत औषधि दिनाले मस्तिष्कघात भइसकेको दिल्लीस्थित सर गंगाराम अस्पतालमा उपचार गर्न थालेपछि जानकारीमा आएको छ ।
आठ महिने उमेरमा भएको गलत ‘डायग्नोसिस’का कारण एउटी बालिका आँखा नदेख्ने, कान नसुन्ने तथम मृगौला/ कलेजोको संक्रमणले ग्रस्त छिन । अति विशिष्ट उपचार पद्दति अपनाउँदासमेत ‘भ्यान्टिलेटर’का भरमा स्वास धान्ने अन्तिम अवस्थामा उनी संघर्षरत छिन ।
सुरुमा रोगको प्रारम्भिक पहिचानै नभई ‘ब्याक्टेरल म्यानेन्जाइटिस’ को औषधि खुवाउनाले र ढाडको पानी परीक्षण गर्दा ‘टिभी म्यानेन्जाइटिस’ को लक्षण देखिए पनि गलत उपचार पद्धति अपनाउनाले अस्पताल लगेको ६ दिनमै बालिकालाई कृत्रिम श्वासप्रश्वास पद्धति (भेन्टिलेटर) मा राख्नु पर्ने भएको हो ।
एयर एम्बुलेन्समा गत वर्ष मार्च २० मा दिल्लीस्थित गंगाराम अस्पतालमा ल्याइएकी बालिका अहिले पनि सघन उपचार कक्षमा छिन् । छोरीको जीवन बाँच्ने आशमा आमाबाले ८ महिनाको करोड रुपैयाँभन्दा बढी खर्चेका छन् ।
चितवन बछ्यौली–९ मूल घर भई ललितपुर धापाखेल बस्दै आएका पर्यटनकर्मी वसन्त र एलिजा रिजालकी आठ महिनाकी छोरी (हाल १६ महिना) आनभीलाई मार्च दोस्रो साता ज्वरोले समातेको थियो । रिजाल दाम्पत्तिले मार्च १० को बिहान इशान बाल तथा महिला अस्पताल पु¥याउन साथै रक्त परीक्षणबाट सामान्य डिहाइड्रेसन भएको भन्दै एन्टिबायाेटिक औषधि खुवाउन थालिएको थियो ।
कान्तिपुर दैनिकबाट