सुर्खेत, २९ कात्तिक–एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले माघ ८ गते कुनै पनि हालतमा संविधान जारी गर्ने पक्षमा आफ्नो पार्टी भएको बताएकी छन् ।
एमाले सुर्खेतको सातौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले एमाओवादी संविधान बनाउन नदिन लागिपरेको तर सङ्घीय लोकतान्त्रिक संविधान बनाउन एमाले दृढ रहेको दाबी गरिन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटा खुट्टा बन्दुकमा र अर्को खुट्टा संसद्मा टेकेको भन्दै उनले यो प्रवृत्तिबाट मुलुकले झन धेरै दुःख पाउने टिप्पणी गरिन् ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य यामलाल कँडेलले पार्टीलाई कस्तो बनाउने भन्ने सबै जिम्मा