
बुटवल, २९ कात्तिक– नेकपा– माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको कपिलवस्तुमा भएको भेलाले एकीकृत क्रान्तिमा जाने निष्कर्ष निकालेको छ ।
दुई दिनसम्म चलेको भेलाले गारिष्ट्रय पुँजीपतिवर्गको समेत सहभागितामा क्रान्ति गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
भेलामा देशका ६८ जिल्लाका साढे तीन सय नेता कार्यकर्ता सहभागी थिए । भेलामा सहभागी नेता वसन्त श्रेष्ठले प्रत्येक जिल्लाबाट एकएक जनाले कुरा राखेको बताए । सहभागीका अनुसार अधिकांशले तत्काल क्रान्तिमा जानुपर्नेमै जोड दिएका थिए ।
कस्तो खालको क्रान्ति गर्ने भन्नेमा छलफल भएको सहभागीले बताए । तत्काल छापामार युद्द गर्न कठिन हुने र विद्रोह पनि सहज नभएको निष्कर्ष भेलामा निकालिएको एक नेताको भनाइ छ ।
एकीकृत क्रान्तिका लागि वैद्यसहितको सिंगो पार्टी क्रान्तिमा जानुपर्ने पहिलो विकल्प भेलाले अगाडि सारेको छ । किरणसहित सिंगो पार्टी क्रान्तिमा जान नमानेमा सम्भव भएजति क्रान्तिमा जाने निर्णय भेलाले गरेको छ ।
नयाँ पत्रिकाबाट