एजेन्सी – अपहरणपछि हत्या गरिएका भनिएका भारत विहारका उमा सिंह २० वर्षपछि घर फर्किएका छन् । सन् १९९५ मा उनका छोराले आफ्ना बाबु अपरहरणमा परेको र हत्या भएको भनी प्रहरीमा उजुरी गरेका थिए।
सोही उजुरीको आधारमा प्रहरीले पाँच जनाविरुद्ध अदालतमा मुद्दा दायर गर्यो । जिल्ला अदालतले तिनलाई हत्या अभियोगमा दोषी भन्दै आजीवन कारावासको सजाय सुनायो।
त्यही वर्ष परिवारले उनको काज किरिया गर्यो। उनकी पत्नी त्यसबेलादेखि विधुवा पहिरन लगाइरहेकी थिइन् ।
प्रहरीका अनुसार सिंहलाई सन् १९८३ मा छिमेकीको हत्या गरेको भनी अदालतमा मुद्दा परेको थियो । पछि अदालतले फैसला सुनाउदै उनलाई आजीवन कारावासको सजाय सुनायो। सजायबाट बच्न उनी पञ्जाव पुगेका रहेछन् ।
बाबा मोहनदास नाम राखेर उनी हान्दसरमा रहेको नरसिहँ मन्दिरमा पुजारी बने। हालै पञ्जाव पुगेका उनका गाउँलेले उनलाई मन्दिरमा देखेपछि वास्तविकता बताएकाले पञ्जाव प्रहरीले उनलाई प्रक्राउ गरी विहार पठाएको हो ।