
एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सेल्फी लिन खोज्दा अमेरिकाका एक व्यक्तिको जागिर चट भएको छ । कन्स्ट्रक्सनसम्बन्धी काम गरेका केनेथ टेट उनी अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) मा वार्षिक ४२ हजार डलरको आकर्षक तलबमा सेक्युरिटी गार्डको जागिर गर्न पुगेका थिए ।
तर ओबामासँग सेल्फी लिने हुँदा उनले जागिरबाट निकालिनुपरेको छ । सेप्टेम्बरमा उनले राष्ट्रपति बाराक ओमाबासँग सेल्फी लिन खोजेपछि सुरक्षा व्यवस्था कायम गर्न गम्भीर नभएको आरोपमा आफूलाई जागिरबाट निकालिएको गुनासो केनेथले गरेका छन् ।
यद्यपि आफू सेल्फी लिन खोज्दा सुरक्षा व्यवस्थामा कुनै प्रकारको जटिलता उत्पन्न नभएको र जागिरबाट निकालेर आफूमाथि अन्याय गरिएको आरोप उनले लगाएका छन् ।