पाकिस्तानको बाघामा आत्मघाती बम हमला, ५७ को मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते ३:४५ मा प्रकाशित

blastएजेन्सी– पाकिस्तानको भारतीय सीमावर्ती क्षेत्र बाघामा भएको आत्मघाती बम हमलामा कम्तिमा ५७ को मृत्यु भएको छ ।
। पाकिस्तान पञ्जाब पुलिसका प्रवक्ता नबीला गजनफरका अनुसार मृत्यु हुनेमा पाकिस्तानी सुरक्षाफौजका तीन सदस्यसमेत छन् । उनका अनुसार मृतक अधिकांश बालबालिका र महिला छन् । तालीवानी विद्रोहीले घटनाको जिम्मेवारी लिएका छन् ।

प्रतिबन्धित संगठन जमाअतुल अहरारले पनि घटना आफूले गराएको दार्बी गरेको छ  । आइतबार साँझ सीमा बन्द गर्ने समयमा झण्डा परेड समारोह सकिएलगत्तै घटना भएको थियो । झण्डा परेड हेर्न भारत र पाकिस्तानका सयौं मानिस जम्मा हुने गर्दछन् ।
घटनापति पकिस्तानी अधिकारीहरुको आग्रहमा तीन दिनसम्म झण्डा परेड समारोह नगर्ने भारतीय सीमा सुरक्षा प्रमुख डिके पाठकले बताएका छन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त हमलाको निन्दा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us