‘कांग्रेस–एमालेले साझा धारणा बनाए मुठभेड’

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते २:०४ मा प्रकाशित

prachandaकाठमाण्डु, १७ कात्तिक – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस, एमालले संघीयतालगायतमा साझा धारणा बनाए मुलुक मुठभेडमा जाने बताएका छन् ।
कांग्रेस, एमालेले ६ प्रदेशमा साझा धारणा बनाउने तयारी गरिरहेका बेला दाहालले एमाले अध्यक्ष ओलीलाई भेटेर त्यसले संविधान निर्माणमा थप असर गर्ने बताएका हुन् ।
भक्तपुर बालकोटमा ओली निवासमा आइतबार भएको कुराकानीमा दाहालले सबै लचक भएर सहमति खोज्नु पर्ने बताएका छन् । ‘कांग्रेस, एमालेले संविधान निर्माणमा साझा धारणा बनाएर अडान राखे, मुलुकलाई थप मुठभेडमा लान्छ, त्यसो नगर्नुस्’ दाहालको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव चूडामणि खड्काले भने, ‘सबै लचक भएर सहमति खोजौ ।’ उनले कांग्रेस, एमाले गठबन्धनले विगतकमा उपलब्धी गुम्ने दाबी गर्दै प्रक्रियाभन्दा सहमतिका आधारमा सहमति खोज्न आग्रह गरेका थिए ।
ओलीले सहमतिको लागि आफ्नो तर्फबाट कोसिस गर्ने बताएका थिए । ओलीले दाहालसँग महत्वपूर्ण भेटघाट भएको उल्लेख गर्दै एमाओवादी लचिलो हुने संकेत दिएको ट्वीटरमार्फत बताएका छन् । ‘आज बिहान क।पुष्पकमल दाहालसँगको भेटघाट महत्वपूर्ण रह्यो’ उनले भनेका छन्,‘उहाँले आफ्नो एजेण्डामा लचिलो हुने संकेत देखाउनु भयो ।’ कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us