रेडपाण्डाको छालासहित महिला पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते १०:३६ मा प्रकाशित

नुवाकोट, १६ कात्तिक – जिल्लाको सुन्दरादेवी गाविसकी एक महिलालाई रेडपाण्डाको छालासहित प्रहरीले पक्राउ गरेको छ ।

सुन्दरादेवी–२ की ३४ वर्षीया अलैची पाण्डेलाई एक थान रेडपाण्डाको छालासहित शनिबार पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाश शर्माले जानकारी दिए । पाण्डेलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

पाण्डेको घरमा रेडपाण्डाको छाला कहाँबाट आएको हो त्यो खुल्न नसकेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेकाहरुको प्रहरीले खोजी गरिरहेको छ ।

वन्यजन्तुसम्बन्धी कसुरका घटना जिल्ला वन कार्यालयले हेर्ने भएकाले जिल्ला प्रहरीले पाण्डेलाई कारबाहीका लागि आइतबार जिल्ला वन कार्यालयमा बुझाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us