नुवाकोट, १६ कात्तिक – बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा खानीगाउँ–४ बराफेदीका ८० वर्षीय लोकबहादुर थापालाई प्रहरीले गिरफ्तार गरेको छ ।
छिमेकी ७ वर्षीया बालिकालाई कात्तिक १५ गते अपरान्ह घरमा कोही नभएको समयमा बलत्कारको प्रयास गरेको आरोपमा प्रहरीले सोही दिन बेलुका गिरफ्तार गरेको हो ।
पीडित बालिकाका परिवारले कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा थापाले बलत्कार प्रयास गरि यौन दुव्यहार गरेको उल्लेख गरि उनलाई कारवाहीको माग गर्दै जाहेरी दिएका छन् ।
पीडित बालिका र पीडक थापाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । पीडित पक्षको जाहेरीको आधारमा घटनाको अनुषन्धान गरि मुद्धा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाशराज शर्माले जानकारी दिए ।