श्रीमतीसँग झगडा परेपछि श्रीमानले गरे आत्महत्या

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते ६:५१ मा प्रकाशित

महोत्तरी, १५ कात्तिक – श्रीमतीसँग झगडा गरी महोत्तरीमा एकजना व्यक्तिले आत्महत्या गरेका छन् ।

महोत्तरी सुन्दरपुर–७ का ५० वर्षीय रामआधार यादवले गएराति विष सेवन गरी आत्महत्या गरेका हुन् ।

श्रीमतीसँग बारम्बार घरायसी विवादका कारण झगडा हुने गरेपछि तनावमा आएर यादवले गतराति ९ बजेको समयमा आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यादवले विष सेवन गरेको थाहा पाएपछि उपचारका लागि गौशाला ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसभन्दा अगाडि पनि बारम्बार श्रीमान् र श्रीमतीबीच झगडा हुँदै गरेको स्थानीयवासीले बताएका छन् । शव परीक्षण गर्नका लागि प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा राखिएको प्रहरी निरीक्षक रमेश सुवेदीले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us