बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते ४:४३ मा प्रकाशित

हेटौँडा, १५ कात्तिक- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको बसामाडीमा शनिबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
मृत्यु हुनेमा ९ नेपाली र एक विदेशी नागरिक छन् । काठमाण्डुबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको बस र इलामबाट काठमाण्डुतर्फ आइरहेको ना ५ ख ४८४१ नम्बरको बस बसामाडीमा बिहान सवा २ बजेतिर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा ८ जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा इलाम बरबोटे–४ का प्रवीणराज आचार्य, रसियन नागरिक दरिया माल्टाको, इलाम नगरपालिकाका वृज दाहाल, इलाम नगरपालिका–२ की शान्ता श्रेष्ठ, इलामे– ४ की इला कार्की र २ का मिलन अधिकारी र रक्षा श्रेष्ठ तथा सुनसरी खनार–७ की देवीमायाँ लुइँटेल र रोशन भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  नायव उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनका अनुसार आस्था नाम गरेकी ठेगाना र थर नखुलेकी महिलाको पनि दुर्घटनामा ज्यान गएको छ । दुर्घटनामा ३१ जना गम्भीर घाइते भएको र उनीहरुलाई उपचारका लागि भरतपुरस्थित चितवन शिक्षण अस्पताल पु¥याइएको पत्रकार गिरिजा अधिकारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us