
काठमाण्डु, १३ कात्तिक– विश्व स्वास्थ्य संगठनले पश्चिम अफ्रिकी मुलुक लाइबेरियामा इबोला भाइरसको संक्रमणमा कमी आएको जनाएको छ ।
इबोलाविरुद्धको अभियान प्रभावकारी भएकाले संक्रमणको दरमा कमी आएको संगठनको भनाइ छ । लाइबेरिया इबोलाबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो ।
संगठनले संक्रमण घटे पनि इबोलाले महामारीको रुप लिन सक्ने खतरा भने कायमै रहेको पनि बताएको छ । लाइबेरियासहित सियरालियोन र गिनीमा हालसम्म इबोलाबाट ५ हजारको ज्यान गइसकेको छ । ती मुलुकका १३ हजार सात सयभन्दा बढी इबोला संक्रमित छन् ।