बोको हरामद्वारा ३० भन्दा बढी बालबालिका अपहृत

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते ५:११ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– नाइजेरियामा सक्रिय कट्टपन्थी बोको हराम समूहले ३० भन्दा बढी बालबालिकाको अपहरण गरेको छ ।
chibok-girlsसरकार र बोको हराम लडाकुबीच युद्धविराम भएको समाचारहरु आइरहेका बेला उत्तर–पूर्वी नाइजेरियाबाट ३० भन्दा बढी बालबालिका अपहरणमा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अपहरणमा पर्नेमा ११ देखि १३ वर्षसम्मका बालबालिका रहेको अधिकारीहरुले बताएका छन् । सन् २००९ मा हिंसात्मक गतिविधि थालेको बोको हरामले हालसम्म ५ सय बढी महिला तथा बालबालिकाको अपहरण गरेको राष्ट्रसंघले जनाएको छ ।

बीबीसीका अनुसार बोर्नो राज्यको माफा गाउँमा बोको हराम आक्रमणमा बुधबार मात्र १७ जनाको ज्यान गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us