
काठमाण्डु, ९ कात्तिक- संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत सामन्था पावरले इबोला भाइरस सङक्रमित पश्चिम अफ्रिकाका सबै देशको भ्रमण गर्ने भएकी छन् ।
इबोला भाइरस सङ्क्रमित कुनै पनि देशमा जान वा पर्यटन भ्रमण गर्न अमेरिकाले आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको अवस्थामा पावरको भ्रमणलाई साहसिक भनिएको छ ।
इबोला भाइरसको अति कडा रुपमा सङ््क्रमित तीन मुलुक लाइबेरिया, सिर्रालियोन र गायनातर्फ पावर प्रस्थान गरेकी छन् ।
भ्रमणका क्रममा पावरले इबोलाविरुद्ध लड्नका लागि पर्याप्त आर्थिक सहयोगका लागि स्वास्थ्यकर्मी परिचालनका लागि र विश्वका प्रतिष्ठित व्यक्तिहरुले गम्भीर ध्यान आकर्षणका लागि आह्वान गर्नेछिन् ।
इबोलाविरुद्ध लड्नका लागि विश्वशक्ति एकजुट हुन संयुक्त राष्ट्रसंघले बारम्बार आह्वान गर्दै आएको छ ।
इबोला भाइरसबाट सङक्रमित हुनेहरुको संख्या हाल १० हजारभन्दा नाघिसकेको बताइएको छ ।