रेष्टुरेन्टमा ओवामाको क्रेडिट कार्डले काम नगरेपछि……..

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते २:४७ मा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओवामाले गत महिना न्यूयोर्कस्थित एक रेस्टुराँमा बिल तिर्ने क्रममा क्रेडिट कार्डले काम नगर्दा आफू अप्ठ्यारोमा परेको बताएका छन् ।

barak obama
‘वेट्रेसलाई लागिरहेको थियो मैले मदमासी गर्न खोजिरहेको छु’ उपभोक्ता आर्थिक सुरक्षा ब्युरोका अधिकारीहरुलाई सम्बोधन गर्ने क्रममा उनले भने ,‘संयोगले मेरो छेउमा मिचेल थिइन् र उनको कार्डले काम गर्‍यो ।’
ओबामाले नियमित रुपमा कार्ड प्रयोग नगरेकै कारण नचलेको हुन सक्ने बताए । कार्यक्रममा उनले संघीय हितका लागि डेविट कार्ड प्रयोगकर्ताको सुरक्षाबारे नयाँ योजना पनि सुनाए ।
जुलाईमा टेक्सासको एक रेष्टुराँमा ओबामाले ४ सय डलरभन्दा बढी रकम भने क्रेडिट कार्डबाटै तिरेका थिए । अमेरिकी राष्ट्रपतिको वार्षिक तलब ४ लाख डलर हुन्छ । उनलाई ५० हजार डलरसम्म करबिनै खर्च गर्न पाउने सुविधा दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us