काठमाण्डु,३० असोज – संविधानका विवादित विषयमा सहमति जुटाउन तीन दल कांग्रेस, एमाले र एमाओवादीका नेताहरु गोप्य बैठकका लागि गोकर्ण रिसोर्ट पुगेका छन् ।
रातभर बैठक गरी सहमति जुटाउने भन्दै बिहीबार बेलुका गोकर्ण रिसोर्ट पुगेका हुन् । शीर्ष नेता सीमित सहयोगी र सुरक्षाकर्मीका साथ रिसोर्टमा भेला भएका छन् ।
रातभर बैठक गरी भोलि शुक्रबार सहमति जुटाउने नेताहरुले प्रतिवद्धता जनाएका छन् । शीर्ष नेताहरु र उनीहरुका सहयोगीका लागि बस्ने ब्यवस्था मिलाइएको छ । बैठकको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने छ ।
बिगतमा पटकपटक नेताहरु गोकर्ण रिसोर्टमा बैठक गरिसकेका छन् । यो नेताहरुको यो रिसोर्ट बैठकले संविधानका संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतका बिषयमा सहमति गर्न सके ऐतिहासिक हुने छ ।