दुबईमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७१ असोज ३० गते ६:०९ मा प्रकाशित

दुबई, ३० असोज – कतारमा एक नेपालीको गाडीको ठक्करबाट मृत्यु भएको छ ।

qutarबुधबार काममा जाने क्रममा सवारी दुर्घटनामा नुवाकोटका मुरली खड्काको मृत्यु भएको हो ।

४२ बर्षीय मृतक खड्का बिगत ६ बर्ष देखी अबुधाबी स्थित सीएनआईए कम्पनीमा कार्यरत रहदै आएका थिए ।

मृतकका साथी लोकेन्द्र शाही अनुसार तिब्र गतिमा रहेको उक्त गाडीले अगाडी गुड्दै गरेको ट्रलीलाई उछिनेर जाने क्रममा नियन्त्रण गर्न नसक्दा बिपरित दिशा बाट आएको लहरीमा ठोक्किदा घटना स्थलमा नै खड्काको मृत्यु भएको जानकारी दिए ।

मृतकको श्रीमती दुई छोरी र एक छोरा छन् । मृतकको शबलाई युएई स्थित मदिना जाएद अस्पतालमा राखिएको छ । चाँडै शब नेपाल लैजाने प्रक्रिया अगाडी बढाउन सहयोग गर्ने तथा मृतकको परिवारले पाउने क्षतीपुर्तीमा सहजताका दिलाउने आश्वासन कम्पनी बाट पाएको बताउछन् उक्त कम्पनीमा कार्यरत रहेका नेपालीहरुका कमान्डर सचिन शाहीले बताए ।

उक्त कम्पनीमा कार्यरत नेपालीहरुको संख्या ८०० को हाराहारीमा रहेको कमान्डर शाहीले जानकारी दिए । युएई आर्मीसंग रहेर पेट्रोल, ग्यासखानी तथा युएईका सिमामा सुरक्षा दिनु आफ्नो डिउटी रहेको कमाण्डर शाहीले प्रष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us