चितवन, ३० असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको टिकौली जंंगल क्षेत्रमा गाडीको ठक्करबाट एउटा चितुवा मरेको छ ।
गाडीले हानेर मरेको अवस्थामा बिहीबार बिहान चितुवा फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५५ केजी तौलको चितुवालाई सडक पार गर्न खोज्दा गाडीले हानेको हुनसक्ने अनुमान प्रहरीको छ ।
मरेको चितुवालाई सशस्त्र वन रक्षक प्रहरी तालिम केन्द्र टिकौलीले नियन्त्रणमा लिएको छ । यसअघि पनि चारवटा हरिण सडकमा गाडीले हानेर मरेको थियो ।