फ्रेन्च मोडल एमाओवादीको बटम लाइन: प्रचण्ड

काठमाण्डु टुडे २०७१ असोज ३० गते ५:४८ मा प्रकाशित

Prachand-1काठमाण्डु, ३० असोज– एकीकृत माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा सहमति नभए प्रेन्च मोडलमा जानुपर्ने प्रस्ताव गरेको छ ।

संविधानका विवादित वषयमा सहमति खोज्न बिहीबार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फ्रेन्च मोडल प्रस्ताव गरेका हुन् ।

‘हामी अहिले पनि मुलुकका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति उपयुक्त हुने मान्यतामा छौं’, प्रचण्डले भने, ‘तर दलहरुबीच सहमति नभए फ्रेन्च मोडल उपयुक्त विकल्प हुन सक्छ, यो हाम्रो अन्तिम बटमलाइन हो ।’

दलहरुबीच अघिल्लो संविधानसभा विघटन हुनुअघि २ जेठमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसदले चुनेको राष्ट्रपतिबीच अधिकार बाँडफाँड भएको फ्रेन्च मोडेलमा सहमति भएको थियो ।
यस्तै निर्वाचन प्रणालीमा एमाओवादीले आफूले प्रस्ताव गरेको बहुसदस्यीय प्रत्यक्ष पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा सहमति नभए मिश्रित निर्वाचन प्रणालीमा जान सकिने विकल्प अघि सारेको छ ।
बैठकमा काँग्रेस–एमालेले ६ वा सात प्रदेश बनाउनुपर्ने अडान दोहोर्‍याएका थिए । धेरै प्रदेश मुलुकले धान्न नसक्ने उनीहरुको तर्क थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us