प्रचण्डलाई छुट्टाछुट्टै भेटे ओली र देउवाले

काठमाण्डु टुडे २०७१ असोज २९ गते ८:०५ मा प्रकाशित

काठमाण्डु, २९ असोज – संविधानका विवादित विषयमा सहमतिको सम्भावना घट्दै गएका बेला कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाले एमाओवादी अध्यक्ष प्रचण्डसँग सिंहदरवार छलफल गरेका छन् । त्यसैगरी बुधबारै एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच पनि सिंहदरबारमै कुराकानी भएको छ ।

prachanda-kp oliसंघीयता र शासकीय स्वरुपमा बारेमा दलहरुबीच असहमति कायमै रहेका बेला ओली र देउवाले प्रचण्डसँग भेट गरेका हुन् ।

संवैधानिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले पनि नेताहरुसँग अनौपचारिक छलफल गरिरहेका छन् ।

यसअघि संवाद समितिको बैठकमा नेताहरुले आ आफ्ना धारणा राखेका थिए । कांग्रेस एमाले नेताहरुले अब सहमतिको सम्भावना टरेको भन्दै प्रक्रियामा जान दबाब दिएका छन् ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमति नभए प्रक्रियामा जानुपर्ने बताएका थिए । सभापति भट्टराईले प्रक्रियामा जाने हो भने कसरी जाने भन्ने टुंगो लगाउन आग्रह गरेका छन् ।

तीन दलका शीर्ष नेताहरुको बैठक बुधवार अपरान्ह बस्दैछ । त्यसअघि अनौपचारिक छलफलहरु भइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us