व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

काठमाण्डु टुडे २०८३ साउन १२ गते १९:३० मा प्रकाशित

काठमाडौं — जिल्ला अदालत काठमाडौंले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले थुनछेक बहसपछि गोल्छालाई बिमा सम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गर्दै छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाका अनुसार अदालतले दुई कसुरमा छुट्टाछुट्टै धरौटी तोकेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्छालाई गत १० वैशाखमा पक्राउ गरी अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us