एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

काठमाण्डु टुडे २०८३ साउन १२ गते १५:०२ मा प्रकाशित

काठमाण्डू, १२ साउन– एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा प्रहरीले थप दुई जना पक्राउ गरेको छ । रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिम छन् ।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । यसअघि प्रश्नपत्र आउट प्रकरणमा दुई जना पक्राउ परेका थिए । योसँगै पक्राउ पर्ने व्यक्तिको संख्या चार पुगेको छ ।

एमबीएसको प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पक्राउ परेकाहरुविरुद्ध शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us