सुनसरी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाण्डु टुडे २०८३ साउन १२ गते १३:५१ मा प्रकाशित

काठमाण्डू, १२ साउन– सुनसरी घटनाको विरोधमा आज (मंगलबार) काठमाण्डूको माइतीघरमा हिन्दुबादीहरुले प्रदर्शन गरेका छन ।

देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोसी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबिच विवाद भएपछि झडप भएको थियो ।

सो झडप छुट्टाउने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us