आन्दोलन चर्किएपछि सार्वजनिक प्रतिक्रिया दिन बाध्य भए मोदी

काठमाण्डु टुडे २०८३ साउन ८ गते १२:४७ मा प्रकाशित

काठमाण्डू, ८ साउन– मेडिकल शिक्षा सम्बन्धी प्रवेश परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै भारतभर आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक सार्वजनिक रुपमा प्रतिक्रिया दिएका छन । उनले विहीबार मध्यराति सोसल मिडिया एक्समार्फत् भिडियो सन्देश सार्वजनिक गरेका हुन् ।

कक्रोज जनता पार्टीको अगुवाइमा चर्किएको युवा आन्दोलनप्रति उनको यो पहिलो सार्वजनिक प्रतिक्रिया हो । उनले सम्बोधनको क्रममा जेनजी आन्दोलनकारीहरुलाई ‘फ्रेन्ड्स’ भनेर सम्बोधन गरेका छन् । र, ‘हाम्रा युवाको भविष्य र हितभन्दा महत्त्वपूर्ण अरू केही हुन सक्दैन’ उनले भनेका छन् ।

राष्ट्रिय मेडिकल प्रवेश परीक्षा (एनईईटी) मा भएको भनिएको अनियमिततापछि नयाँ दिल्लीमा आन्दोलन चर्किँदै गएको छ । सुरक्षा निकायले आन्दोलन नियन्त्रण गर्न कडा कदम चालेका छन् । प्रदर्शनकारीहरूले तीन दिनदेखि संसद् मार्गमा धर्ना दिइरहेका छन् ।

उनीहरूमध्ये धेरैले संसद् भवनलाई नयाँ दिल्लीको प्रमुख व्यापारिक क्षेत्र जोड्ने मुख्य सडकमै बसेर आन्दोलन गरिरहेका छन् । देशभर आन्दोलन चर्किएपछि दबाबमा परेका मोदीले भनेका छन्, ‘प्रश्नपत्र लिकमा संलग्नलाई छिटो र कडा सजाय सुनिश्चित गर्न हामीले फास्ट–ट्र्याक अदालत स्थापना गर्ने निर्णय गरेका छौं । युवाको भविष्य बिगार्ने जो–कोहीलाई पनि छुट दिइने छैन ।’

यो आन्दोलन कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा भइरहेको छ । सीजेपीका संस्थापक अध्यक्ष अभिजित दिपकेले आन्दोलनको नेतृत्व गरेका छन् ।

पछि भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले आमरण अनसन बसेर आन्दोलनमा ऐक्यबद्धता जनाए । उनले गएराति २६ औं दिनमा अनसन तोडेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us