काठमाण्डू, ७ साउन– नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले वेदिका केसी पक्राउ गरेको छ । उनलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीले बताए ।
पक्राउ परेका केसी विरुद्ध काठमाण्डू जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ । उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप रहेको छ ।