राइड सेयरिङ र बिजुलीको कर खारेज गर्न आजपाको माग

काठमाण्डु टुडे २०८३ साउन ६ गते ११:४० मा प्रकाशित

काठमाण्डू, ६ साउन– प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा)ले राइड सेयरिङ र बिजुलीको कर पनि खारेज गर्न माग गरेको छ ।

आजपाका अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर नलिने सरकारको घोषणाको स्वागत समेत गरेका छन ।

अध्यक्ष साहले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाहको उक्त घोषणालाई आफ्नो पार्टीले उच्च सम्मानसहित धन्यवाद ज्ञापन गरेको उल्लेख गरेका गरेका छन् । संविधानमा मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कर लगाउनु आफैँमा अनुचित हुने उनको तर्क छ ।

आम नागरिकको भावना र मागलाई आत्मसात गर्दै सरकारले उक्त कर हटाउने निर्णय गर्नु सराहनीय कार्य भएको साहले बताए ।

साथै, आजपा अध्यक्ष साहले राइड सेयरिङ र बिजुलीको कर पनि खारेज गर्न माग गरेका हुन् । सरकारले राइड सेयरिङ (सवारी साझेदारी) र बिजुली महसुलमा ५ प्रतिशतको दरले मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us