कीर्तिपुरमा कारभित्रै जल्ने व्यक्तिको पहिचान खुल्यो

काठमाण्डु टुडे २०८३ साउन ५ गते १७:४२ मा प्रकाशित

काठमाण्डू, ५ साउन– काठमाण्डूको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट कारभित्रै जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ ।

कारभित्रै जलेर मृत्यु हुने व्यक्ति सुरेशचन्द श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । उनी कारधनी समेत रहेको प्रहरीले बताएको छ ।

मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको हो । घटनाबारे प्रहरीले अनुसन्धान समेत अधि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us