विश्वकप फाइनल हेर्ने क्रममा भक्तपुरमा झडप, १ जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ साउन ५ गते १७:३१ मा प्रकाशित

Violent peoplehttp://www.twodozendesign.info/i/1.png

काठमाण्डू, ५ साउन– फिफा विश्वकपको फाइनल हेर्ने क्रममा भक्तपुरमा झडप हुँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया घर भएका २६ वर्षीय राज कार्की रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कार्कीले जानकारी दिएका छन ।

यो घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरेर म्याद थप गरेर अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए । पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाइएको छ ।

स्क्रिनिङ गरेर जो संलग्न छ उनीहरूमाथि मात्रै मुद्दा चलाउने प्रहरीको तयारी छ । भक्तपुरको घ्याम्पेडाँडास्थित होटलमा विश्वकपको फाइनल हेर्ने क्रममा विवाद हुँदा कुटाकुट भएको प्रहरीले बताएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा सोमबार मध्यपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us