काठमाण्डू, ५ साउन– काठमाण्डूको कीर्तिपुरमा एक निजी गाडीमा आगलागी भएको छ । कीर्तीपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान कारमा आगलागी भएको छ ।
बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन ।
घटनाको थप विवरण आउन बाँकी छ । गाडीभित्र मान्छे भए नभएको खुलेको छैन । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।