वैदेशिक रोजगार विभागमा श्रममन्त्रीको अनुगमन

काठमाण्डु टुडे २०८३ साउन ५ गते ११:३३ मा प्रकाशित

काठमाण्डू, ५ साउन– युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन् । श्रममन्त्री यादव आज बिहान कार्यालय समय सुरु भएपछि विभागमा पुगेका थिए ।

मन्त्री यादवलाई विभागको कामकारबाहीबारे महानिर्देशक मिरा आचार्यले जानकारी गराएकी छन् । त्यसक्रममा मन्त्री यादवले कर्मचारीहरुबाट कामबारे जानकारी लिँदै केही पीडितहरुका गुनासा र समस्या पनि सुनेका छन् ।

पीडितहरुले पक्राउ पुर्जी जारी भएका व्यक्ति खुलेआम हिँडडुल गरिरहँदा पनि सम्बन्धित जिल्लाका प्रहरीहरुले पक्राउ नगरेको गुनासो मन्त्रीसमक्ष गरेका थिए ।

त्यसपछि मन्त्री यादवले पक्राउ गरेर उपस्थित गराउन सम्बन्धित जिल्लाका प्रहरीहरुलाई भन्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us