काठमाडौं- काठमाडौंको कपनस्थित भृकुटी चोकमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति करिब १२ बजे भएको दुर्घटनामा स्कुटर चालक गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको हो ।
मृतकको पहिचान खुल्न बाँकी छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।