काठमाण्डू, ३० असार– आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बसेर प्रतिनिधि सभा बैठकबाट निस्किएका छन् ।
बैठकमा सहभागी हुन केहीबेरअघि प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा पुगेका थिए । उनीहरू बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका थिए ।
उनीहरु करिब २० मिनेट बसेर निस्किए । बैठकमा सहभागी हुन पुग्नुअघि उनले सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट छलफल गरेका थिए ।