काठमाण्डू, २९ असार– कांग्रेस सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ ।
कांग्रेस सभापति सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ ।
उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले जानकारी गराएका छन । चालकले गाडी त्यहाँ पार्किङ गरेर नेपाल प्रहरीकै गाडी चडेर गएको प्रत्यक्षदर्शीले बताएका छन ।