गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिंदै

काठमाण्डु टुडे २०८३ असार २९ गते १३:०६ मा प्रकाशित

काठमाण्डू, २९ असार– गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिने भएका छन । नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटीमा पुगेका छन ।

जाहेरी दर्ता गरेर प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन । ‘हरेक अप्राकृतिक मृत्युमा प्रहरीमा जाहेरी पर्छ ।

त्यसपछि कानूनी प्रक्रिया सुरु हुन्छ । पोस्टमार्टम गर्ने र शव सद्गदका लागि परिवारलाई बुझाउने काम हुन्छ । मुद्दा चलाउनुपर्ने अवस्था देखिए सोही अनुसार अघि बढ्छ’, एपी भट्टराईले भने ।

आइतबार मात्रै नेपालीको परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो । महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रमा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।

त्यसपछि सोधपुछका लागि भन्दै प्रहरीले महानर प्रहरी र घटनाका प्रतक्ष्यदर्शीलाई बोलाएको थियो । सोधपुछ तथा घटना विवरण कागज गराएर प्रहरीले उनीहरुलाई छाडेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us