गणेश नेपाली मृत्यु प्रकरणः महानगर घेर्न जाँदै गरेका प्रदर्शनकारीलाई प्रहरीले रोक्यो

काठमाण्डु टुडे २०८३ असार २६ गते १६:४१ मा प्रकाशित

काठमाण्डू, २६ असार– मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि ज्यान गएपछि आक्रोशित हुँदै महानगरपालिका घेराउ गर्न जान लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको छ ।

उनीहरू वीर अस्पतालबाट सुन्धारा हुँदै पुरानो महानगरपालिकाको कार्यालय भएको ठाउँ घेराउ गर्न जाँदै थिए । सो क्रममा प्रहरीले सुन्धारामै रोकेको हो ।

मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शुक्रबार मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us