गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइनः गगन थापा

काठमाण्डु टुडे २०८३ असार २६ गते १३:५५ मा प्रकाशित

काठमाण्डू, २६ असार– कांग्रेसका सभापति गगन कुमार थापाले आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको निधन कुनै राजनीतिक बहस वा दोषारोपणको विषय मात्रै नभएको बताएका छन ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय रहेको बताएका छन । यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण रहेको पनि सभापति थापाले बताए ।

उनले भने, ‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन । यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो ।’ मृतक नेपालीको आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुस्खमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

उनले भनेका छन, ‘विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ ।’ एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ रु र आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ रु भन्ने लगायतका प्रश्न सोधेका छन् । ‘हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ ।

एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ  ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ रु,’ उनले भनिन्, ‘राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ?

समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौं ?’ यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने सभापति थापाको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us