धोबीखोलामा हामफालेर ज्यान गुमाएकी महिलाको परिचय अझै खुलेन

काठमाण्डु टुडे २०८३ असार २६ गते १२:५४ मा प्रकाशित

काठमाण्डू, २६ असार– काठमाण्डूको धोबीखोलामा हामफालेर ज्यान गुमाएकी महिलाको परिचय खुल्न सकेको छैन । मृत फेला परेकी ती महिलाको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

बिहीबार दिउँसो कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी थिइन् । खोजीको क्रममा ती महिला मृत अवस्थामा बल्खु–कुमारी क्लबस्थित खोलामा भेटिएकी थिइन् ।

अन्दाजी ३५ वर्ष जतिकी ती महिलाको अहिलेसम्म परिचय खुल्न सकेको छैन । सेतो टिसर्ट लगाएकी र कम्मरमा पिंक कलरको ज्याकेट बाँधेर ती महिलाले हामफालेकी थिइन् । खोलामा हामफाल्नुको कारण पनि खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us