
काठमाण्डु – १७ वर्षको उमेरमा नोबेल शान्ति पुरस्कार जित्ने पाकिस्तानी बालिका मलाला युसुफजाईको नाम लेख्न नजान्नेले सामाजिक सञ्जालमा माफी मागेका छन् ।
माफी माग्नेमा बलिउड कलाकार जेकी भगनानी र सुपरमोडल नाओमी क्याम्पबेल रहेका छन् ।
जेकीले मलालाको साटोमा ‘मसला’ र नाओमीले ‘मलेरिया’ लेखेका थिए ।
नाओमी र जेकीले मलालालाई बधाइ सन्देश दिदा ‘स्पेलिङग इरर’ हुन गई गलत अर्थ लाग्ने शब्द लेखिएकाले उनीहरुको आलोचनासमेत भएको थियो ।
उनीहरुले तुरुन्तै पुरानो ट्वीट हटाएर माफी मागेका छन् ।