काठमाण्डु– आगामी आर्थिक वर्ष २०८३/ ८४ का लागि सरकारले प्रस्तुत गरेको बजेट संघीय संसद्का दुवै सदनबाट पारित भएको छ।
प्रतिनिधिसभाले असार ४ गते विनियोजन विधेयक, २०८३ बहुमतले पारित गरेको थियो । त्यसपछि प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहितको उक्त विधेयक राष्ट्रिय सभाले मंगलबार बहुमतले पारित गरेसँगै बजेटले संघीय संसद्को दुवै सदनबाट स्वीकृति प्राप्त गरेको हो ।
राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले विनियोजन विधेयक, २०८३ निर्णयार्थ पेश गरेका थिए । बैठकले उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
यससँगै आगामी आर्थिक वर्षको बजेटले संसदीय प्रक्रिया पूरा गरेको छ। अब विधेयक प्रमाणीकरणपछि कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ ।
यसै बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक, २०८३ पनि राष्ट्रिय सभामा पेश गरेका छन् ।