काठमाण्डू, २३ असार– मोरङको ग्रामथानमा सोमबार राति महिलाको हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
मोराङको ग्रामथान गाउँपालिका–६ झोवावनी बस्ने कपिल खवासकी पत्नी २१ वर्षीया सीमा राजवंशीको हत्या गरेको आरोपमा उनकै देवर २१ वर्षीय सौचन राजवंशी पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
उनले घाँटीमा खुकुरी प्रहार गरेर सीमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार सीमाको घाँटी छिनेको अवस्थामा शव फेला परेको थियो । उनले घरको आँगनमा हत्या गरेपछि घिसार्दै शौचालयनजिक लगेर शव फालेका थिए ।
सौचनले भाउजूको हत्या गर्नुको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । देवर–भाउजूबीचको झगडा छुट्याउने क्रममा सौचनका ठूलोबुवा शिवलाल खवास पनि घाइते भएका छन् ।
खुकुरीले दाहिने कुममा गहिरो चोट लागेका छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।