संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छः हर्क साम्पाङ

काठमाण्डु टुडे २०८३ असार २२ गते १६:४३ मा प्रकाशित

काठमाण्डू, २२ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ०ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले संविधान संशोधनको सवालमा गम्भीर हुनुपर्ने पनि बताए । उनले भने, ‘संविधानको आधारभूत संरचनालाई यथावत राखेर अन्य विषय संशोधन गर्न सक्छौँ । संशोधनमा हामी गम्भीर हुनुपर्छ, यो जानिएन भने समस्या हुने खतरा छ ।’

अध्यक्ष राईले सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहमा सरकारको १०० दिनको प्रयासप्रति धन्यवाद समेत व्यक्त गरे । आफूले केही समयअघि महाकाली क्षेत्रको भ्रमण गरेको उल्लेख गर्दै अध्यक्ष राईले दार्चुला–टिङ्कर सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे ।

उनले अब राष्ट्रिय गौरवका आयोजना सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने पनि उनले बताए । सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष राईले यथाशीघ्र धनीपूर्जा उपलब्ध गराउन सुझाव दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us