देउवा समूहले साउन ६ गते छुट्टै वीपी स्मृति दिवस मनाउने

काठमाण्डु टुडे २०८३ असार २२ गते १६:३५ मा प्रकाशित

काठमाण्डू, २२ असार– कांग्रेसको देउवा समूहले छुट्टै वीपी स्मृति दिवस मनाउने निर्णय गरेको छ । देउवा समूहले आज (सोमबार) उद्घाटन गरेको सम्पर्क कार्यालयमा बसेको काठमाण्डूमा उपलब्ध पूर्वपदाधिकारी र १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको बैठकले त्यस्तो निर्णय गरेको बैठकपछि नेता मीन विश्वकर्माले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन ।

बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापनसँग विशेष महाधिवेशनदेखि अहिलेसम्म भए गरेका गतिविधिहरू सुनाएका विश्वकर्माले बताएका छन ।

विश्वकर्माले छलफल भोलि पनि जारी रहने बताए । १५ औँ महाधिवेशन कार्यतालिका र यो सम्पर्क कार्यालयबाट हुने गतिविधिबारे भोलि निर्णय हुने पनि नेता विश्वकर्माले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us