काठमाण्डू, २२ असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सदनमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा तोड्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।
आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेता आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहले परम्परा तोडेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन । आङ्देम्बेले संसद्मा विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने अभ्यास अन्तर्राष्ट्रिय स्तरमा समेत रहेको पनि बताएका छन ।
उनले भने, ‘संसद्मा जब–जब विपक्षी दलको नेताले बोल्छ । संसारमा एउटा प्रचलन छ । विपक्षी दलका नेताले संसद्मा बोल्दै गर्दा संसारका लोकतान्त्रिक शासन भएका देशका प्रधानमन्त्री मुस्कुराउँदै गर्विलो आफ्नो उपस्थिति जनाएर अघिल्लो बेन्चमा बसिरहेका हुन्छन् ।’
विपक्षी दलका नेताले गर्ने टिप्पणी सरकारलाई मार्ग निर्देशन समेत हुने भएकाले प्रधानमन्त्री उपस्थित हुने अभ्यास रहेको भन्दै आङ्देम्बेले अहिले भने प्रधानमन्त्री शाह अनुपस्थित हुन्छन् भन्ने आफूलाई पहिले नै लागेको पनि उनले बताए । प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्छ भनेर सम्झाउने आफ्नो दायित्व रहेको समेत उनले बताए ।