काठमाण्डू, १४ असार– प्रमुख प्रतिपक्षी कांग्रेसले संविधानविपरीत सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव महाधिवेशनबाट पारित गरेको भन्दै आपत्ति व्यक्तट गरेको छ ।
आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउँचाले रास्वपा संविधानभन्दा माथि छ भन्ने प्रश्न पनि गरिन् हुन । उनले रास्वपाले प्रचलित कानुनविपरीत १८ वर्षमुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गरेको भन्दै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराइन् ।
रास्वपाको पहिलो महाधिवेशनका क्रममा सार्वजनिक भएको तथ्यांकलाई उद्धृत गर्दै उनले नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को स्मरण गराइन् । उनले भनिन्, ‘ऐनअनुसार १८ वर्ष नपुगेका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन ।
यसो गरेमा ८० हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म कैदको व्यवस्था छ,’ उनले भनिन्, ‘के रास्वपा संविधानभन्दा माथि छ रु उसलाई कानुन पालना नगर्दा पनि हुने हो ?’ उनले प्रश्न गरिन् ।
एकतर्फ विद्यार्थीरूले राजनीति गर्न हुँदैन भन्दै स्ववियु र विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गर्ने, तर अर्कोतर्फ आफ्नै दलमा कलिला विद्यार्थीलाई झोला बोकाउने प्रवृत्ति सरकारमा सहभागी दलले नै देखाएको भन्दै उनले आलोचना गरिन् ।