काठमाण्डू, १४ असार– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब केहि समयमा घट्ने दाबी गरेका छन ।
आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन ।
उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरूको मूल्य पनि घटने बताएका हुन् । अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा उक्त वस्तुको मूल्य घटेको भए पनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको समेत बताएका छन ।
केही समय लागे पनि पेट्रोलियम पदार्थको मूल्य अब घटनेवाला अवस्थामा रहेको अर्थमन्त्री वाग्लेको भनाइ थियो । उनले भने, ‘अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो । अब टाइम ल्याक त हुन्छ ।
क्रुड प्राइस त घटी नै सक्यो । भारतीय आयल निगममार्फत हामीले जुन इन्धन आयात गर्ने गरेका छौं । त्यो एकजस्ट भएर नेपालमा आउन केही समय लाग्ला । तर मूल्य अब घटनेवाला छ ।’ अर्थमन्त्री वाग्लेले आफूले अर्थमन्त्री हुने बित्तिकै उक्त इन्धनको मूल्य घटाउनका लागि पहल गरेको दाबी समेत गरे ।