काठमाण्डू, १४ असार– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने बताएका छन ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयन हेर्दा आजसम्म ३५ प्रतिशत मात्र पनि पूँजीगत खर्च नभएको स्वीकार गर्दै उनले आगामी वर्षबाट सो अवस्था नआउने समेत बताएका छन । प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पूँजीगत खर्च बढाउन सके त्यसले राजस्व संकलनमा समेत सुधार आउने समेत बताएका छन ।
उनले नयाँ बजेटले सुधारका धेरै क्षेत्रमा हात हालेको भन्दै अर्को वर्षबाट त्यसको नतिजा देखिने दाबी गरे । उनले भने, ‘अहिलेको सरकारले अघिल्लो सरकारले बनाएको बजेट कार्यान्वयन गरिरहेको छ ।’
शिक्षा र स्वास्थ्यमा लगाइएका समता शुल्कले भुइँ मान्छेलाई असर नगर्ने दाबी उनले पुनः दोहोर्याएका छन् ।