काठमाडौं- लियोनल मेसी विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
अस्ट्रियाविरुद्धको खेलमा गोल गर्दै मेसीले यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
यसअघि उनले अल्जेरियाविरुद्धको खेलमा तीन गोल गर्दै जर्मनीका महान् खेलाडी मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए।
३८ वर्षको उमेरमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका मेसीले सोमबार रातिको खेलमा थप एक गोल गर्दै क्लोजलाई पछि पारेका हुन् ।
कीर्तिमान कायम गर्नुअघि उनले यही खेलमा पाएको पेनाल्टी अवसर सदुपयोग गर्न सकेका थिएनन् ।
तर केही मिनेटपछि गोल गर्दै त्यसको कमी पूरा गरे ।