एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

काठमाण्डु टुडे २०८३ असार ८ गते १८:१७ मा प्रकाशित

काठमाण्डू, ८ असार– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्त प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए । उनी हाल बसिरहेको काठमाण्डूको भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us