पासपोर्ट खरिदमा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष, मुद्दा दायर हुँदै

काठमाण्डु टुडे २०८३ असार ८ गते १६:५१ मा प्रकाशित

काठमाण्डू, ८ असार– पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

निर्णयसँगै निर्णयको कागजात बोकेर अख्तियारको टोली विशेष अदालत आइपुगेको छ । अख्तियार उच्च स्रोतका अनुसार, मुद्दामा तीर्थराज भट्टराईलगायतलाई विपक्षी बनाए पनि अरुको नाम खुलिसकेको छैन । अहिले विशेष अदालतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us