कांग्रेस–एमालेलाई रविको सुझावः आफ्नो दलको अप्ठेरा सुल्झाउनुहोला

काठमाण्डु टुडे २०८३ असार ७ गते १८:१३ मा प्रकाशित

काठमाण्डू, ७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस र एमालेभित्रका अप्ठेरा सुल्झाउन अनुरोध गरेका छन ।

आज (आइतबार) बाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले यस्तो बताएका हुन । सभापति लामिछानेले भने, ‘सबै दल ठिक हुनुपर्छ ।

दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र अप्ठेरा देखिएका छन्, ‘त्यो अप्ठेरा त्यो दलको मात्रै होइन, त्यो दलका अप्ठेरा सुल्झिएनन् भने देशको अप्ठेरा पनि बन्न सक्छ ।

मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठेरा मिलाउनुहोला ।’आफ्नो दलमात्रै होइन अन्य दलहरूको अप्ठेरा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जाने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us